नियम १५०
म्याद तामेल गर्दा रोहवरमा राख्ने
मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ११० नं. बमोजिम म्याद तामेल गर्न जाँदा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सदस्य वा सचिव फेला पार्न नसकेमा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा रहेका सरकारी कार्यालयका कम्तीमा राजपत्र अनङ्कित तृतीय श्रेणी वा सो सरहका कर्मचारी रोहबरमा राखी म्याद तामेल गर्न सकिनेछ ।